काठमाडाैं - चिनियाँ नयाँ वर्षका अवसरमा काठमाडौंस्थित रत्नपार्कमा दीप प्रज्वलन/लालटिन पर्व तथा विविध सांस्कृतिक कार्यक्रम गरेकाे छ ।
चिनियाँ नयाँ वर्षका अवसरमा बुधबार नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौं महानगरपालिको सहयोगमा तथा नेपाल स्थित चिनीयाँ दुतावासको आयोजनामा काठमाडौंस्थित रत्नपार्कमा दीप प्रज्वलन/लालटिन पर्व तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, तथा चिनियाँ राजदूत छन सङले कार्यक्रमको उद्घाटन गरेकाे थिए । सन् २०२४ फेब्रअरी १० तारिखदेखि चिनियाँ ड्रागन वर्ष प्रारम्भ हुँदैछ । यही उत्सव पारेर नेपाल स्थित चीनियाँ दूतावासले रत्नपार्कमा लालटिन पर्व मनाएको हो ।
सो अवसरमा बोल्दै पर्यटन मन्त्री किराँतीले चिनीयाँ नयाँ वर्षको अवसरमा चीनले नेपालमा आयोजना गरिरहेका कार्यक्रममले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए। यस्तै चिनीयाँ राजदूत छन सङले नेपालको पर्यटन प्रर्वद्धनका लागि चीन सधैं सकारात्मक रहेको बताए।
बुधबार साँझ रत्नपाकलाई चिनीयाँ कला र सास्कृतिक रुपमा सजिसजाउ गरिएको थियो । गेटदेखि नै चिनियाँ बिम्ब र संस्कृति झल्काउने आकर्षक बत्ति तथा सजावटका सामग्री राखिएका थिए । प्रदर्शनीमा चिनियाँ कला, संस्कृति झल्काउने कलाकृतिहरू राखिएको थियो । सो अवसरमा चिनियाँ कलाकारले सांगीतिक प्रस्तुति पनि दिएका थिए ।