काठमाडाैं - समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । समृद्धि फाइनान्सले शुक्रबार अनामनगर स्थित सिटि मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीहरुबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।
सो कार्यक्रममा फाइनान्सका नायव प्र्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले उपस्थित ३१ जनाको समुहलाई बैंकिङ प्राणलीको आवश्यकता र महत्व प्रकाश पार्नुका साथै वचत गर्ने बानीको विकास, महत्व, बैंकिङ प्राणलीबाट प्रदान हुने सुविधाहरु र बैंकिङ सेवा लिन प्रोत्साहन प्रदान गरेका थिए ।
सिटि मन्टेश्वरीकी पिन्सिपल पुस्पा रिजालले शिक्षक तथा कर्मचारीहरुबीच राखीएको सो कार्यक्रमले बैंकिङ चेतनाको विकाश गरेको भन्दै फाईनान्स परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
।