काठमाडाैं - गोपी कृष्ण मुभिज् प्रा.लि बन्द हुने भएकाे छ । काठमाडाैंकाे चावहिलमा २०५२ साल देखि संचालनमा आएको गोपी कृष्ण मुभिज् प्रा.लि २०८० साल फाल्गनु १ गते देखि बन्द हुने एक प्रेस विज्ञप्तिमार्त जनाइएकाे हाे ।
कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण आर्थिक घाटा व्यहोर्नु परेकोले बन्द हुने भएकाे प्रेस विज्ञप्तिमा जानकारी दिइएकाे छ ।
प्रा.लि.ले ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेकोमा यस व्यवसायलाई बन्द गर्नु परेकाेमा दु:ख पाेखेकाे छ ।
आजसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि आदरणीय दर्शकवृन्द, चलचित्र निर्माता,वितरक,प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु,सरकारी निकायहरु प्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्न चाहेकाे गोपी कृष्ण मुभिज् प्रा.लि.का प्रबन्ध निर्देशक निरक पौडेलले विज्ञप्तिमा बताएका छन् ।