काठमाडौं– रिलायन्स फाइनान्स लि.को दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.ब. २०७५÷०७६ को बार्षिक आयव्यय विबरण, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण तथा आ.ब. २०७५÷०७६ को मुनाफबाट संस्थाको चुक्तापुजी रु ८३,२४,१६,०६३ को ६.५८ प्रतिशतका दरले रु ५,४७,६४,२१४.६७ नगद लाभांश (कर सहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय भएको थियो ।
नेपाल राष्ट्र बैकबाट ग बर्गको वित्तीय कारोबार गर्ने संस्थाको प्रधान कार्यालय प्रदर्शनीमार्गबाट आप्mनो कारोबार शुरु गर्दै आएको यस संस्थाले का.म.न.पा. २८ प्रर्दशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ्ग, जनागाल बनेपा, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, मणीग्राम रूपन्देही, कोहलपुर, महेन्द्र नगर, धनगढी, दमक, अत्तरीय र सितापाइलामा गरी १७ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।