काठमाडौं– नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पेरिसडाँडामा सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको बैठकमा स्थायी समिति सदस्यहरूले मस्यौदा विधान २०८० माथि आ–आफ्ना धारणा राखिरहेको कमला रोकाले जानकारी दिइन् ।
शुक्रबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा कार्यदलले बुझाएको सुझावसहितको मस्यौदा पेस गरेका थिए । अध्यक्ष प्रचण्डले समसामयिक राजनीति र अन्तर्राष्ट्रिय अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
मस्यौदाकारहरूले मस्यौदाको सारबारे बताएका थिए । बैठकले मस्यौदा परिमार्जनसहित अनुमोदन गरी आज सकिनेछ । आइतबार र सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन हुनेछ ।