काठमाडाैं - गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएकाे छ । लोक गीतका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको हाे ।
आफनी मायालुसँग मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागि निकै आतुर भएकाे भाव झल्काउने गीत रहेकाे छ । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत रहेकाे छ ।
राजु कार्कीको मिक्सिङ मास्टरिङमा याे गीत निमार्ण गरिएको छ । याे गीत मिलन एस माेक्तानकाे युटुबबाट सार्वजनिक भएकाे हाे ।