काठमाडौं– न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको छ ।
न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४स्३० बजे गोली चलेको थियो ।
गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । े