काठमाडौं– नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेर मनाइएको छ भनेजनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो ।
२०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।