धरान — मनाङ मस्र्याङ्दी क्लबले २२ औं बूढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार भएको फाइनलमा पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो ।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले एक÷एक गोल गरे । पुलिसका भोला सिलवालले एक गोल फर्काए । पुलिसविरुद्ध खेलको दशौँ मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा निशानले गोल गर्दै मनाङको अग्रता २–० को बनाए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा पुलिसका कप्तान भोलाले पेनाल्टीमा एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
उपाधिसँगै मनाङले १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाखमा चित्त बुझायो । यस अघि सेमिफाइनलमा मनाङले भारतको युके एफसीलाई २–० गोल अन्तरले हराएको थियो । पुलिसले भने मच्छिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता मनाङले १० लाख र उपविजेता नेपाल पुलिस क्बलले नगद ५ लाख रूपैयाँ प्राप्त गरेका छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाएका छन् । यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६ ०६:००