काठमाडाैं- नक्कली प्रहरीको आवरणमा ठगी गर्ने महिला पक्राउ परेकाे छ । प्रहरी हुँ भनि ठगी गर्ने मानिस रहेको भन्ने सुचना पश्चात नक्कली प्रहरीको आवरणमा ठगी गर्ने महिला आइतबार प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा बैतडी जिल्लाकाे पुर्चौडी न.पा. वडा नं. ६ घर भई का.जि.चन्द्रागिरि न.पा. वडा नं. १४ नैकाप स्थित कोठा डेरामा बस्ने वर्ष २४ की अमिला कुमारी साउद रहेकी छन् ।
उनले दैलेख जिल्लाकाे नारायण न.पा. वडा नं. ११ बस्ने वर्ष २६ की अमृता विष्टलाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने भनि आफु नेपाल प्रहरी (जनपद) को प्रहरी सहायक निरीक्षक भएको भन्दै ठगी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।
उनले आफू बढुवा भई प्रहरी नायव निरीक्षक भएको र आफ्नो साथमा नेपाल प्रहरी (जनपद) को प्रहरी सहायक निरीक्षकको पोसाक लगाई बढुवा भएको भनि निज अमिला कुमारी साउदले झुक्याएर अमृता विष्टसंग रु १,५०,०००।–(एक लाख पचाँस हजार) नगद लिई ठगी गरेकाे प्रहरीले जनाएकाे हाे ।
आफुले प्राप्त नगरेको सार्वजनिक पद तथा ओहदा समेत देखाई ठगी गरेको हुँदा निज अमिला कुमारी साउँदलाई प्रहरी वृत्त थानकोटबाट नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।