काठमाडाैं - राष्ट्रिय विज्ञापन संघ नेपाल र लायन्स क्लबद्वारा विद्यार्थीहरूका लागि न्यानो लुगा वितरण गरेकाे छ । गोर्खा / राष्ट्रिय विज्ञापन संघ नेपाल र लायन्स क्लब अफ काठमाडाैं माउन्ट मकालु, काठमाडाैं हिमालयज, काठमाडाैं शिवपुरीद्वारा मुच्चोक गाउँपालिका वडा नं. ५ चर्तुमाला माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूका लागि न्यानो टोपी तथा ट्राकसुट वितरण गरेको हाे ।
उक्त कार्यव्रममा गोर्खाको मुच्चोक गाउँपालिकाका अध्यक्ष दिपक देवकोटा, उपप्रमुख अनिता भुजेलको उपस्थितिमा चर्तुमाला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जिवी धिताल तथा प्रधानाध्यापक बुद्धी बहादुर विकलाई राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, लायन्स क्लब अफ काठमाडाैं माउन्ट मकालुका पूर्व अध्यक्ष विश्वनाथ, लायन्त क्लब अफ काठमाडाैं हिमालयजका सदस्य तथा जोन चियर पर्सन राजन कँडेल, लायन्स क्लब अफ काठमाडाैं शिवपुरीका पदम पोख्रेलले विद्यालयका विद्यार्थी भाइबहिनीहरूका लागि २६० थान न्यानो टोपी र १५५ थान ट्राकसुट हस्तान्तरण गरेको हो ।
गोर्खाको मुच्चोक गाउँपालिका उत्तरी भेगमा पर्ने भएकोले अत्यधिक चिसोका कारण पठनपाठनमा समस्या रहेको हुँदा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या नपरोस् भन्ने उद्देश्यले सहयोगी हातलाई अघि बढाउँदै सामाजिक उत्तरदायी कार्यमा अग्रसर भएको जानकारी राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले बताए ।