एजेन्सी - पाकिस्तानको विदेशी मुद्रा सञ्चिति १३ मिलियन अमेरिकी डलरले बढेकाे छ । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति १ करोड ३० लाख अमेरिकी डलरले बढेको जनाएको हाे।
फेब्रुअरी ९ मा समाप्त भएको सातामा बैंकको कुल विदेशी मुद्रा सञ्चिति करिब ८ अर्ब डलर पुगेको एसबीपीले बिहीबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब १ करोड डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ ।एसबीपीका अनुसार दैशमा कुल तरल विदेशी मुद्रा करिब १३.१ अर्ब डलर रहेको छ ।