काठमाडाैं - दिउँसोको समयमा चोरी गर्ने ५ व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ। माघ २८ गतेका दिन काठमाडाैंकाे गाेकणेश्वर न.पा.वडा नं ४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट फुटाई फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा कोही नभएको मौका पारी चोरी गर्ने ५ व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे।
मगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा पैसठ्ठी लाख बराबरको धनमाल चोरी गरी उनीहरु फरार रहेको थिए । उक्त घटनामा संलग्न भारत देश समस्तिपुर जिल्ला मोहदीनगर घर भई हाल का.जि. का.म.न.पा. वडा न ८ तिलगंगा बस्ने वर्ष२६ को लक्का भन्ने विकास पोदार फागुन २ गते का.जि.का.म.न.पा.वडा नं. ३२ जडिबुटी बाट पक्राउ परेका हुन् ।
थप अनुसन्धान गर्दै जादा निज समेत संलग्न भई माघ २४ गते का.जि.बु.न.पा.वडा नं.१० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद पच्चिस लाख बराबरको धनमाल प्रहरीले बरामद गरेकाे जनाएकाे छ।
माघ २८ गते गोकणेश्वर न.पा.वडा नं.३ गिता राईको घरबाट सुन तथा चाँदीका गर गहना तथा नगद समेत गरि अन्दाजि चार लाख दश हजार बराबरको धनमालसमेत चोरेकाे खुल्न आएकाे प्रहरीले जनाएकाे छ ।
थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत बौद्धमा अन्य व्यक्तिहरुलाई समेत पक्राउ गरी पठाएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।
पक्राउ प्रतिवादीहरु :
१. नाम : लक्का भन्ने विकास पोदार
उमेर : २६ वर्ष
ठेगाना : भारत देश समस्तीपुर जिल्ला मोहदीनगर
हालको ठेगाना : का.जि.का.म.न.पा.तिलगंगा
२. नाम: जितेन्द्र पोदार
उमेर : २८ वर्ष
ठेगाना : भारत देश वेगुसरा जिल्ला बरौनी
हालको ठेगाना : का .जि.का.म.न.पा. तिलगंगा
३. नाम : भाईलाल पोदार
उमेर : २७ वर्ष
ठेगाना : भारत देश बैशाली जिल्ला बिहार बुधुपुर
हालको ठेगाना : का.जि.का.म.न.पा. तिलगंगा
४. नाम : संजय पोदार
उमेर : ४० वर्ष
ठेगाना : भारत देश समस्तीपुर जिल्ला विध्यापती थाना
हाल : का.जि.का.म.न.पा. तिलगंगा
५. नाम : मञ्जु देवी पोदार
उमेर : ५० वर्ष
ठेगाना : भारत देश समस्तिपुर जिल्ला
हाल ठेगाना : का.जि.का.म.न.पा.तिलगंगा