काठमाडाैं - धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा दाैड १० औँ दिनमा सम्पन्न गरेका हुन् । 'शोकका लागि दौड' भन्ने नाराका साथ जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा एक्लै खाली खुट्टा दाैडिएकाेमा आज १० औँ दिनमा दाैड सम्पन्न गरेका हुन् ।

धावक अमृत बस्नेतले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता र समर्पण गर्ने उदेश्यले मेचीदेखि महाकालीसम्म खाली खुट्टा दाैडिएका हुन् । उनले कुल १ हजार ५० किलोमिटरकाे दुरी खाली खुट्टा दाैडिएका छन् ।
काठमाडौंमा बसोबास गर्दै आएका कर्णाली प्रदेशको जाजरकोट निवासी धावक अमृत बस्नेतले खाली खुट्टा दौडिएर चार पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालकाे नाम काेरी सकेका छन्। याे एकल खाली खुट्टा दौडकाे उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता र समर्पण गर्नु रहेकाे उनले बताएका छन् ।
उनले आफ्नाे अनुभव यसरी बताएका छन् ," सजिलो थिएन कुनै साथ र सहयोग बिना एउटा पुरै सहयोग गर्छु भनेर भरोसा दिलाएको भरमा महाकाली देखि मेचीसम्मको खालीखुट्टा दौडिन तर पनि हिम्मत हारेन मैले कतिपय सहयोगी मनहरुले आफुले सकेको सहयोग गर्नुभयो र कतिपयले सहयोगको आस देखाउनुभयो तर अन्तिम समयमा आएर गर्न नसक्ने भनेर भन्नूभयो तर पनि मैले मेरो दौड रोकेन, अगाडी दौडिदै गएँ र मैले भने अनुसार १०दिनमा महाकाली देखि मेचीसम्मको दौड सफलताका साथ सकाएँ ।"

दाैड्नका लागि आर्थिक सहयाेग गर्छु भनेर साथ नदिएकाेमा दु:ख व्यक्त गरेका छन् ।उनले आफ्नाे समाजिक सञ्जालमा लेखेका छन् ,'नमस्कार सबैजनामा मैले हजुरहरुको साथ र सहयोग अनि मायाले मेरो महाकाली देखि मेचीसम्मको एकल खालिखुट्टा दौड सम्पन्न गर्न सफल भएको छु । त्यसको लागि धेरै धेरै धन्यबाद' ।

उनले आकास्मिक सेवाकाे लागि गाडी भाडामा लिएका थिए । आकास्मिक सेवाकाे लागि गाडी कुनै कम्पनिले तिरी दिने आशा दिएकाेले भाडामा लिएकाे बताए तर अन्तिम समयमा आएर कुनै पनि सहयोग नगर्ने भनेर खबर आएकाे समाजिक सञ्जालमा लेखेका छन् । उनी लेख्छन् ," त्यसैले मैले त्यो गाडिको पैसा तिर्नलाई सबै तिरबाट सहयोग उठाउँदैछु मलाई आशा छ हजुरहरु सबैले सकेको सहयोग गरिदिनुहुनेछ ।"

धावक अमृत बस्नेत दाैडदैँ गर्दाकाे भिडियाे र तस्विर उनकाे फेसबुक पेजबाट :
https://www.facebook.com/100015226479194/videos/pcb.1821228021728063/1605022413661001