काठमाडौं– आईसीसी विश्वकप लिग– २ क्रिकेटमा आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ ।
पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो ।
नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै अङ्क बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।