काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ५३ पैसा र बिक्री दर १३३ रूपैयाँ १३ पैसा कायम भएको छ ।
यस्तै युरो एकको खरिद दर १४२ रूपैयाँ ८१ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ९९ पैसा र बिक्री दर १६७ रूपैयाँ ७४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।