काठमाडौं - हजुरबुबाले आफैले बनाएको डोको सन्तती पलातिनीलाई उपहार दिएर शुभकामना दिएका छन् । जन्मदिन सबैको लागि प्रिय अनि विशेष अवसरले हाम्रो जीवनमा महत्त्वपूर्ण अर्थ राख्ने भएकाले हजुरबुबा कोमल नारायण श्रेष्ठले आफैले बनाएको डोको सन्तती पलातिनी शेयरिका श्रेष्ठलाई उपहार दिएर शुभकामना दिएका हुन् ।
आज फागुन ७ गते प्रजातन्त्रको दिवस र जन्मदिन परेकाे पलातिनीलाई उपहार दिएर उनकी हजुरबुबाले शुभकामना दिएका हुन् ।आज भोलि जन्मदिनलाई विशेषगरी उपहार दिएर खुसीको भावना बाढ्ने/साट्ने चलन रहेको छ । सबैको मन दोधार हुन सक्छ कोसेली के दिने ? के लैजाने? के पठाउने भनेर ।जति सुकै ताम झामको बिचमा पनि बुढापाकाको मन त इतिहासलाई नै जिवित राख्ने कलात्मक वस्तु, आकृति चालचलन भेषभुसातिर नै मोडिने रहेछ ।
त्यसैले जन्मदिन मनाउने संस्कारलाई झनै यस्ताे उपहारले पबित्र बनाएको छ । नेपालीहरुमा शुभकामना दिनलाई दुरिले खुसिलाई कम गराउदैन/रोक्दैन, टाढा भए पनि उपहार पठाएर खुसी साटासाट, आत्मीयता झनै बढाएको हुन्छ भन्दै उनले आफूलाई पनि आनन्द लागेकाे बताएका छन्।