सुर्खेत - कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार कार्यक्रम उद्घाटन गरेका छन् ।
७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा सोमबार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रम कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरेका हुन् ।
प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना उनले व्यक्त गरेका छन् ।
तस्बिरः सुरेश आचार्यर/रासस