काठमाडौं - काठमाडौंकाे खुलामञ्चमा नागरिक अधिकारका लागि नागरिक भेला गरेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका आवाज उठाउन सोमबार नागरिक भेला गरेको हो ।
खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले साे भेला गरेको हो । लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी गरेर सम्याउन डोजर चलाएर सफा गरिरहेको चौरमा अभियन्ताहरू पुगेर नागरिक आवाज उठाएका हुन् ।