विराटनगर– विराटनगर जुट मिल्समा आगलागी भएको छ । बन्द अवस्थामा रहेको विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालकै पहिलो यस उद्योगमा मंगलबार राति आगलागी भएको हो ।
आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए ।
बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने कारण खुलेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिररहेको छ ।