नेपालको तराई क्षेत्र अन्न उत्पादनको केन्द्र हो । यहाँ धार्मिक विविधता पनि छ । हिन्दू, मुस्लिमदेखि आदिवासी समुदाय यहाँ वर्षौदेखि मिलेर बस्दै आएका छन् । यद्यपि पछिल्ला दिनहरुमा भने धार्मिक द्वन्द्वको केन्द्र नै तराई हुनेजस्ता घटनाहरु बढ्न थालेको देखिन्छ ।
फागुन ३ गते रौतहटमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम पक्षबीच भएको झडप अझै सेलाउन पाएको छैन ।
यही विषयमा रौतहटको इशानाग गनगरपालिकामा कफ्र्यू लाग्यो । यो विषय रौतहटमामात्र सीमित रहेन । यो मुद्दालाई लिएर पर्साको वीरगञ्जमा हिन्दूहरुले जय श्रीरामको नारा घन्काउँदै बजार नै बन्द गराए । आइतबार हिन्दू समाजले रौतहटको घटना देखाउँदै बजार बन्द गराएको थियो ।
त्यसपछि प्रशासनले वीरगञ्जमा पनि कफ्र्यू घोषणा ग¥यो । तर वीरगञ्जका ठाउँठाउँमा हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बन्न पुग्यो । घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरूलाई प्रहरीले लखेट्दा प्रदर्शनकारी र प्रहरीबीच झडप नै भयो ।
सोमबार वीरगञ्जको इदगाह चोकमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ११ जना सुरक्षाकर्मी घाइते भए । केही हिन्दूवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दूवादी र प्रहरीबीच झडप भएको थियो । यस्तै हिन्दूवादीहररूले बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड गरेपछि मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षप गरेको थियो ।
त्यस्तै हिन्दूवादीहरूले जुलुस निकालेर बजार बन्द गराउँदै हिँडेपछि समूह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दू धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भए पनि प्रहरीले हस्तक्षप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
तर त्यसपछि वीरगञ्जकै इदगाह चोकमा मुस्लिम समुदायका केही युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षप गर्दै लाठीचार्ज गरपछि स्थिति फेरि बिग्रिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले भीड तित्तरवित्तर पार्न १० राउण्ड बढी अश्रुग्यास प्रहार गरेको थियो ।
भनिन्छ, जहाँ अभाव हुन्छ त्यही बढी द्वन्द्व हुन्छ । नेपालमा अहिले विभिन्न शक्तिहरुले देशलाई हिन्दूराष्ट्र बनाउने मुद्दा अगाडि बढाइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि अभियन्ता दुर्गा प्रसाईं यो मुद्दालाई काँधमा हालेर हिँडेका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा पनि यही बनेको छ । लामो समयदेखि मिलेर बसिरहेको समाजलाई दल र नेताहरुले विवादमा ल्याउने किसिमको वातावरण बनाउने काम गरिरहेका देखिन्छ ।
त्यसैले यस्ता खालका तŒवहरुलाई जनताले बेलैमा चिनेको राम्रो । यस्तो शक्तिको अफवाहमा नलागेर नागरिकस्तरबाट धार्मिक सहिष्णुता कायम गरौं । सामाजिक सद्भाव बिथोल्न नदिऔं ।