काभ्रेपलाञ्चोक - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले अर्धवार्षिक समीक्षा तथा रणनीतिक योजना र जोखिम व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न गरेकाे छ ।
तीन दिने कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरु, केन्द्रीय/क्षेत्र कार्यालयका अधिकारीहरु लगायत शाखा प्रमुखहरुको सहभागीतामा “अर्ध–वार्षिक समीक्षा तथा रणनीतिक योजना र जोखिम व्यवस्थापन तालिम कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको हाे ।
कार्यक्रममा सहभागीहरुबाट अर्ध वार्षिक प्रगति समीक्षा, भावी रणनीति सम्बन्धमा बिस्तृत छलफल गरिएको थियो । कर्जा जोखिम व्यवस्थापन, खराब कर्जा असुली र धाँदली नियन्त्रण सम्बन्धमा लघुवित्त क्षेत्रको बिशेष स्रोतव्यक्ति गोविन्द बहादुर रावतले सहजिकरण गरेका थिए ।
स्वास्थ्य र सुरक्षा अन्तर्गत मधुमेह र उच्च रक्तचाप सम्बन्धमा डा.सुमित प्रजापति र लघुम्यादी बीमा सम्बन्धमा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडका विभागीय प्रमुख श्री बिजया पौडेलले सहभागीहरुसँग छलफल तथा अन्र्तक्रिया गरेका थिए ।
तालिम कार्यक्रममा केवाईसी, एएमएल सिएफटि सम्बन्धि र लेखा सम्बन्धी व्यवहारिक तालिम तथा संस्थाको वर्तमान अवस्था, समस्या र सवालहरुमा सञ्चालक समितिका पदाधिकारीहरु एवं केन्द्रीय अधिकारीहरुबाट सहभागीहरुसँग अन्तरक्रियाको कार्य भएको थियो ।
अन्तमा कार्यक्रमको सभापती एवं संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरले तालिमबाट सिकेको ज्ञान सीप व्यवहारमा लागू गरि कार्यक्षमता र कार्यदक्षता वृद्धि गर्ने अपेक्षा राख्दै सम्बन्धित सबैलाई धन्यवाद दिए ।