काठमाडाैं - गरिमा क्यापिटल लिमिटेडले निःशुल्क मेरोशेयर र डिम्याट खाता सम्बन्धी “ सित्तैको’’ योजना सार्वजनिक गरेकाे छ ।
“हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएको हाे ।
यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने व्यहोरा जानकारी गराएकाे छ ।
ग्राहकवर्गहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईटमार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने जनाएकाे छ ।