काठमाडाैं - निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने भएकाे छ ।निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने निर्वाचन आयोगले जनाएकाे हाे ।
मिति २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपश्चात् रिक्त भएको इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदका लागि मिति २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी आयोगबाट आइतबार मिति तोकिएको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीका दिएकाे छ ।