काठमाडौं - बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६५० सय रुपैयाँ कायम भएको छ ।त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।