काठमाडाैं -सिटिजन्स बैंकले क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने क्रममा फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको हाे ।
यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यू.आर.भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनीगर्न सकिने छ । हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोनपे क्यू.आर.मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ एपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको छ।
यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७लाख२६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।