काठमाडाैं - ग्लोबल बैंकले नयाँ शाखा महोत्तरीको गौशालामा सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् । बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।