दाङ- दाङको घोराहीमा पलाँसको फूल ढकमक्क फुलेको छन् । घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा फागुन-चैतमा फुल्ने पलाँस ढकमक्क फुलेको हुन् ।
धार्मिक हिसाबले उत्तम मानिने पलासको फूल, हाँगा, पात र जरालाई औषधिको रुपमा समेत प्रयोग गरिन्छ ।
पलाँसको फुलेको फूल खान बुङ्गेचरा पनि आएका छन् । फूलको रस खानका लागि ठोड लामो र तिखो हुने सानो आकारको बुङ्गेचरा गर्मीयामको सुरुवातमा देखिने गर्दछन् ।