काठमाडौं - शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ । आज ६ सय रूपैयाँले बढेर १ लाख १९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको थियाे ।तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।