भनिन्छ, सत्ययुगमा कपिलमुनि ऋषिले हिन्दुस्तानको गंगासागर तटमा, त्रेतायुगमा हिन्दुस्तानकै गिरिनारमा रही दत्तात्रयले, द्वापरयुगमा नेपालको दमौलीमा जन्मेका व्यास ऋषिले र कलियुगमा जगत्गुरु शंकराचार्यले दक्षिण भारतमा रही वेदलाई बचाएर यहाँसम्म पु¥याएका हुन् । तर महान् वेदशास्त्रलाई नै हिन्दू राष्ट्रियतामा अपव्याख्या गरेर अर्थको अनर्थ गर्नु हुन्न भन्ने आजको अवाज हो ।
हिन्दू धर्म र राज संस्थालाई दुई आँखाको नानीको पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व गाई गोरुको मासु अनिवार्य चलाउने किराँत समुदायका राजेन्द्र लिङ्देनको हातमा पुगेपछि राजनीतिक वृत्तमा छुट्टै बहस चलेको छ । पुराना पञ्चहरूको पार्टी भनेर चिनिने राप्रपाको नेतृत्वइतर हिन्दूको हातमा पुगेको मात्र नभई हिन्दू पहिचानका लागि जीवन नै अर्पण गरेका कमल थापा, निरंकुश जहानियाँ शासकको प्रतीक पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी जस्ता घरानीया पञ्चहरूलाई समेत पाखा लगाएर लिङ्देन नेतृत्वमा पुग्नुलाई कम चुनौतीपूर्ण मानिएको छैन । यस्तो चुनौती राप्रपाका अध्यक्ष लिङ्देनका लागिमात्र होइन, राजा र हिन्दूराष्ट्र नेपालको नारा स्थापित गर्नका लागि लागिरहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कादेखि हिन्दूवादी कम्युनिस्ट नेता एवं विवादित व्यवसायी दुर्गा प्रसाईंहरूलाई पनि आइलागेको छ ।
किनकि आजको युग भनेको प्रश्न गर्ने युग हो । आदिकालमा गन्यमान्यले चारहात खुट्टा भएको मूर्ति वा चित्र देखाएर यो फलानो देवता हो, पूजा गर भनेपछि अनेक हाउभाउ प्रयोग गरी पुज्थे । तर आजको जमातले किन, कसरी त्यो देवता भनेर प्रश्न गर्ने गर्दछन् । प्रश्नको जवाफ अनिवार्य पनि छ । तर पुर्खाले भनिआएको हामी हिन्दू रे ! त्यसैले जनगणनामा हिन्दू लेखायौं भन्नेहरूको जमात भने कम छैन । जसरी कि रत्नपार्कको नाउँ हटेर शंखधपार्क भएको २०४६ को बहुदलीय प्रजातन्त्रदेखि नै हो ।
२०६३ सालमा आएको गणतन्त्रपछि ‘आरएनसी’ हटेर ‘एनएसी’ भइसक्यो तर मान्छेहरूले रत्नपार्क, आरएनएसी भन्न छोडेका छैनन् । हो, त्यसै प्रकारले पशुपतिनाथका प्रमुख चार भण्डारीहरूको आगम देवता बौद्धको हारती अजिमाँ हुन भने पलाञ्चोक भगवतीका पुजारी मखनका वज्राचार्य छन् । शोभा भगवतीका पुजारी कापलिक छन् भने टुँडिखेलस्थित महाँकाल भैरवको शिरमा बुद्ध मूर्ति छ तर त्यहाँका पुजारी वंशजले आफूलाई हिन्दू भनेर गौरव गर्छन् । साथै पूजा गर्न जानेहरू पनि हिन्दूहरू धेरै हुन्छन् । त्यसबाट हामी के भन्न सक्छौं भने धर्म गुरुहरूले तथ्य कुरा कहिल्यै नभन्ने र जजमानलाई सधैँ कुहिरोमा हराएको कागको रूपमा राखिराख्नुको परिणाम धर्मबारे ठूलो भ्रम व्याप्त पाइन्छ । वास्तवमा हिन्दू भनेको के हो भन्नेबारे तलका भनाइहरूबाट पनि केही तथ्य प्रस्टिन सक्छ ।
‘हिन्दू कोही धर्म नही, सिन्धु घाँटी सभ्यताको फारसी भाषी
मुस्लिम भाइयों ने रखा हुवा हिन्दुस्तानका अपभ्रंश नाउँ हे ।
वही हिन्दू शब्दको बेलायती लोगो ने इन्दो कहने लगा ।
वहि इण्दो इन्डिया हो गया ।’
हिन्दी भाषाका यी शब्द रामकृष्णवेदान्त समाज बेलोरमठ भारतका स्वामी चिन्मयानन्दका हुन् । हुन पनि हिन्दूभूमि हिन्दुस्तान र भाषा हिन्दी जगजाहेरै भएको सवाल हो । हिन्दुस्तानीले आफ्नो भाषणको समापनमा भन्ने ‘जय हिन्द’ ले हिन्दुस्तानको पर्याय हिन्दू भनिएको तथ्य सूर्यजस्तै छर्लंग भइसक्दा पनि चार वेद, १८ पुराणमा कतै उल्लेख नभएको भारतीय राष्ट्रवाद हिन्दूलाई धर्म बनाएर आदिमकालदेखि सार्वभौम स्वतन्त्र राष्ट्र नेपालको गौरव ठान्नेहरूलाई कसरी राष्ट्रवादी भन्ने ? प्रश्न छ, जनजनको ।
जसरी नेपालीहरू विश्वको कुनै कुनामा पुग्दा सर्वप्रथम आफूलाई यो धर्मावलम्बी भन्नुअघि नेपाली भन्छौं, त्यसैगरी हिन्दुस्तानीहरू नेपाल छिरी राज्यसत्तामा पहुँच बनाएपछि हिन्दू राष्ट्रवादलाई धर्मको नाउँ दिई व्यापक बनाएका हुन् । ‘वेदलाई आफ्नो मूल धार्मिक मार्गनिर्देशक सिद्धान्त मान्नेले आफूलाई हिन्दू होइन, वैदिक सनातन भन्नुपर्दछ,’ पाटन कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्माले ‘क्रान्ति एक दिशाबोध’ पुस्तिकामा उल्लेख गरेका छन् । उनी भन्छन्, ‘नेपाललाई वैदिक सनातन राष्ट्र भन्दा भयो तर हिन्दूराष्ट्र भन्नु भएन किनकि आदिकालदेखि प्रचलित सनातनभित्र बौद्ध, जैन, शिख, किरात, मस्टो, बोन, शाक्त सबै सबै अटाउँछन् तर हिन्दू पहिचानभित्र यी सम्प्रदाय अटाउँदैनन् ।
कतिपयले हिमालयको ‘हि’ र समुद्र छेउ सिन्धु सभ्यतालाई जोडेर ‘हिन्दू’ भनिएको तर्क गर्छन् । त्यस्तै, जो हिंसाबाट दूर रहन्छ (हिंसा+दूर) ऊ हिन्दू हो भन्छन् । किरात, शैव, बौद्ध, नाथ, नागा, जैन, सिख, शाक्त धर्मको सामूहिक आस्था केन्द्र पशुपतिनाथलाई शिरधाम मान्दछन् । तर हिमालयदेखि सिन्धु सभ्यतासम्म फैलिएको हीन र दुःख भावनाबाट मुक्त ॐकार परिवार, जसको वेद मार्गनिर्देशक सिद्धान्त हो, त्यो सत्यलाई वैदिक सनातन भनिन्छ, हिन्दू होइन भन्नेहरूको जमात बढ्दो छ ।
नेपालमा हिन्दू नाउँ प्रवेश
यहाँ एउटै हिन्दूबारे धेरै परिभाषा देखापरे । खासमा हिन्दूराष्ट्रलाई धर्मका रूपमा अपव्याख्या गर्ने ऋषि दीर्घतमा हुन् । आर्यन–(ब्राह्मण) इरानबाट भारत भित्रिनुअघि इ.सं. १०० ताका नारायण सम्प्रदायको विष्णु धर्मलाई ऋग्वेदको दसौं मण्डलमा भित्र्याइ सिन्धु सभ्यतामा समावेश गराए । यसअघि गरुड जातिको नारायणी धर्म, शंखग्रिव कापलिकको योनितन्त्र, नागजातिको पुत्रमन्थ, निषादको वनदेवी, भूषिक, ट्टिाक, पक्ष गन्धर्व आदि धर्म थिए । जो अनार्य र वेद नमान्ने हुन् ।
वास्तवमा शिव पनि अनार्य अवैदिक किरात (शेतामगुराली) का पुर्खा देवता हुन् । ती सबैलाई संगठित गर्दै ब्रह्म, विष्णु, महेश्वर (शिव) त्रैतवादी हिन्दू धर्मको नाउँ दिई प्रचार गरियो । ठीक त्यसै बेला अनार्यले प्रयोग गर्ने ॐ मन्त्रलाई श्वेताश्वर उपनिषद् रचना गरी हिन्दूको नाउँमा ग्रहण गरिए । इ.पु. ४०० तिर बुद्ध र जैन धर्मको अनिश्वरवादले व्यापकता पाएको बेला हिन्दू राष्ट्रवादी धर्मका रूपमा संगठित हुँदै ईश्वरवादलाई बचाउन वासुदेव भक्ति प्रचार गरियो । यसैलाई भागवत् गीता भनियो । श्रमविना केही पनि प्राप्त हुँदैन भन्ने बुद्ध वचनलाई कसै गरी पनि दबाउन नसकेपछि वेदवादी जयदेवले गीता, गोविन्दावली, अष्टपदी रचना गरी बुद्धलाई पनि हिन्दूको नवौं अवतारमा कोचिदिए ।
मत्स्य कुर्मो वराहश्चः नृसिंह वामनस्तथा,
रामो रामोश्यः रामोश्यः कृष्ण बुद्धकल्की तथैवचः
साहित्यलाई नेपालमा प्रवेश गराउने कार्य इ.सं. ७५० मा कुमारिल भट्ट र इ.सं. ७८८ मा शंकराचार्यबाट भएको आख्यान पाइन्छ । राज्यसँग मिलेर शंकराचार्यले बौद्ध भिक्षुलाई जबर्जस्ती विवाह गराए भने काठमाडौं उपत्यकाका विहार, गुम्बा, चैत्य भत्काउने र ८४ हजार बौद्ध ग्रन्थ जलाएर नष्ट गरिदिएको कुरा नेपालको ऐतिहासिक रूपरेखामा उल्लेख छ । ने.सं. ५०० ताका सामाजिक सुधारको नाउमा श्रीमान्को हैसियतबाट जयस्थिति मल्लले तत्कालीन राजा राजल्लदेवीको राज्यसत्ता आफ्नो हातमा लिई भारतको कान्यकुब्जबाट कीर्तिनाथ उपाध्याय, मिथिलाबाट रघुनाथ झा र रामनाथ झा, दक्षिण भारतबाट श्रीनाथ भट्ट र महिनाथ भट्ट झिकाइ नेपालमा मनुस्मृतिका आधारमा छुवाछूत, सती प्रथा लाद्ने कार्य भए । जुन कूप्रथाले वैदिक परम्परामाथि नै नाउँ र कूसंस्कारको धब्बा लाग्न पुग्यो ।
वैदिक धर्मावलम्बी कसलाई भन्ने ?
जसले भगवान्को मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतलाबाट शुद्र सिर्जना हुने विश्वास गर्दछन् । जो २५ वर्ष ब्रह्मचार्य आश्रम, २५ वर्ष गृहस्थाश्रम, २५ वर्ष सन्यासश्रम र २५ वर्ष वनप्रस्थाश्रम जीवन व्यतीत गर्नमा आफ्नो अस्तित्व देख्छन्, ती व्यक्ति वा समूहलाई वैदिक सनातन भन्ने गरिन्छ ।
भनिन्छ, सत्ययुगमा कपिलमुनि ऋषिले हिन्दुस्तानको गंगासागर तटमा, त्रेतायुगमा हिन्दुस्तानकै गिरिनारमा रही दत्तात्रयले, द्वापरयुगमा नेपालको दमौलीमा जन्मेका व्यास ऋषिले र कलियुगमा जगत्गुरु शंकराचार्यले दक्षिण भारतमा रही वेदलाई बचाएर यहाँसम्म पु¥याएका हुन् । तर महान् वेदशास्त्रलाई नै हिन्दू राष्ट्रियतामा अपव्याख्या गरेर अर्थको अनर्थ गर्नु हुन्न भन्ने आजको अवाज हो । फेरि काम क्रोध, लोभ, मोह र अहंकारबाट मुक्त भई पुनः जन्मनै नपर्ने निर्वाणका पक्षपाति बौद्ध धर्म, विशुद्ध प्राकृतिक धर्म किरातलगायतलाई हिन्दू राष्ट्रियताको शाखा धर्म बनाउन खोज्ने कार्य कसरी जायज मान्न सकिएला ?