काठमाडौं- नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औँ केबिन रोहन उपत्यका प्रतियोगिता शनिबार समापन भएको छ । काठमाडौं स्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना भएको हो ।
प्रतियोगिताको समापन नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद राजन केसीले गरेका छन् । समापन कार्यक्रममा नेता केसीले स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराका साथ खेलिएको खेल महत्वपूर्ण भएको बताए । खेल खेल्नाले शारिरिक र मानसिक रुपमा तन्दुरुस्त भई आत्मविश्वास समेत दरिलो हुने बताए । नेता केसीले खेल राष्ट्र चिनाउने माध्यम बनेको समेत बताए ।आज भएको खेलमा खेलाडीले अत्यन्त अनुशासनका साथ खेलेकोमा खुशी लागेको बताए ।
प्रतियोगितामा अतिथिहरु दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख बसन्ती तामाङ अन्तराष्ट्रीय क्योकिसिन काईकान अलाइट संघका अध्यक्ष पेटर ल्वल , उपाध्यक्ष पेटर होगर्थ, अन्तर्राष्ट्रिय साबाकी कराते-दो तेसिन्काई संगठनका संस्थापक तथा अध्यक्ष (कान्चो) बेरी जोनस्टोन, अन्तराष्ट्रिय मार्सलआर्ट कन्सल्टेन्ट अमित न्यौपाने, नेपाल सोतोकानदो का अध्यक्ष नारायण खड्का, नेपाल सोतोकान कराते (skdun) वरिष्ठ उपाध्यक्ष बद्रि महत,नेपाल सोतोकान कराते (चिफकोच) महासचिव गोविन्द श्रेष्ठ, नेपाल वादोरियो कराते अध्यक्ष बाबुराम लामा,व्यवसायीर नेपाल किकोसिन कराते एलाइटका सस्थापक सदस्य रमेश(गगन) थापा, नेपाल कराते महासंघ सल्लाहकार र नेपाल सितोरियो संघका सदस्य विजय बस्नेत सहभागी भएका थिए ।
आज भएको अन्तिम खेलमा नेपाल ९ वटा गोल्ड मेडल र ३२ वटा मेडल सहित विजयी भएको छ भने भारतले दोस्रो र तेस्रो गरि ४ मेडल प्राप्त गरेको छ । प्रतियोगिताको समापन विनोद गुरुङको सभापतित्वमा भएको हो । प्रतियोगितामा भारतलगायत नेपालका सातै प्रदेशका खेलाडीहरू सहभागी थिए ।