सुर्खेत- कर्णाली चलचित्र कार्यशाला २०८० को दोश्रो सिजन प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुभारम्भ भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा।लि।को आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला बुधबारबाट शुभारम्भ गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका ७ नं वडा अध्यक्ष ध्रुव चपाईले समाजमा रहेका विकृति विसंगतिहरुलाई न्यूनिकरण गर्ने बताए । उहाँले भन्नुभयो ‘चलचित्र समाजको ऐना भएको हुँदा यस्ले साँस्कृति सन्देशको माध्यम हो । यस्कालागि वडा कार्यालय सहयोगकालागि सँधै तयार रहेको छ ।’
त्यस्तै कार्यक्रममा सुर्खेतका रङ्गकर्मी यामनारायण आचार्यले चलचित्र समाज रुपान्तरणको एउटा पाटो रहेकोले कार्यशाला फलदायी हुने बताए । कार्यशालाको सहयोग संस्था नेपाल टेलिकमका प्रेमप्रकाश सिक्देलले चलचित्रले दिने सन्देश लामो समय सम्म रहने बताए ।आयोजक केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा।लि। भूपेन्द्र खड्काले कर्णालीमा कला सँस्कृति जोगाउन समस्या रहेको बताउँदै यो कार्यशालाले स्थानीय कलाकारमा निखारता ल्याउने जिकिर गरे ।
कार्यक्रममा संगितकार गंगा केसी एवं रङ्गकर्मी केशव ढकालले आफ्नो अनुभव सुनाएका थिए ।कार्यशाला ७ दिन सम्म चल्ने कार्यक्रमका सहजीकरण गरेका कलाकार तथा निर्देशक निर्मल प्याकुरेलले जानकारी दिए ।यो कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास रहने छ ।
यस्तै चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु क्षत्रीले चलचित्र लेखन तथा निर्देशकको प्रशिक्षण दिने छन् । यस्तै अभिनेत्री सरिता गिरीको चलचित्र अभिनय सम्बन्धि विशेष कार्यशाला र सञ्चारकर्मी एवम् मेकअप आर्टिष्ट सरिता भारतीको चलचित्रका लागि क्यारेक्टर मेकअप तथा इफेक्ट मेकअप प्रशिक्षण यो कार्यशालामा रहेको छ । अग्रज निर्देशक दयाराम दाहालले यो कार्यशालामा निर्देशन सम्बन्धि विशेष कक्षा रहने आयोजक भूपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् ।