काठमाडाैं - नेपाली सेना दिवसमा निःशुल्क डिम्याट र मेरो शेयर खाेल्न सकिने याेजना ज्योति क्यापिटल लिमिटेडले सार्वजनिक गरेकाे छ । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा “ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको हाे ।
शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी ज्योति क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको हो । योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनेछन् ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा गई खोल्न सकिनेछ । उक्त योजनाअनुसार मिति २०८० फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने छ ।
हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको जनाएकाे छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।