काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘आर्ट अफ सक्सेस’ कार्यक्रम आयोजना गरेको छ । सिटिजन लिडरहरूको क्षमता अभिबृघि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरू माझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा ४ सय भन्दा बढी लिडरहरको सहभागीता रहेको जनाइएको छ । उक्त अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमूख व्यवसाय अधिकृत भूषण रिमालले कम्पनीसँग आबद्ध उपत्यकाभित्रका सबै कर्मचारीलाई स्वागत गरेका थिए भने कार्यक्रमको कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमूख बजार व्यवस्थापन अधिकृत कवि फूयालले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा प्रशिक्षक डा. मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुनुपर्ने गुणका बारे प्रकाश पारेका थिए ।