काठमाडौं - बबिना भट्टराईले अत्यन्त श्रवणीय भजन जय जय शम्भु गीतमा आफ्नो मधुर संगीत दिएकी छिन् । महाशिवरात्री पर्वको विशेष अवसरमा वीणा भक्ति आध्यात्मिक युट्व च्यानलमार्फत बैकुण्ठ प्रधानले गाएकाे गीत सार्वजनिक गरेका हुन् ।
दिनेश खनालले शिव महिमाका शब्दहरु लेखेका हुन् । उक्त भजनकाे ऐरेन्जर रुविन कुमार श्रेष्ठ रहेका छन् । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।
महाशिवरात्रीको सन्दर्भ विशेषमा आएको शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको गायक बैकुण्ड प्रधानले बताएका छन् ।
भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्राईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् ।
नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्राईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।