महोत्तरी – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको औरहीनगरपालिका —१ स्थित जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई रु ७०,०००।– नगद सहयोग गरेको हो । उक्त सहयोगबाट विद्यालयका शिक्षक एवं विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । जनजाती, दलित जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामाग्रीको अभावका कारण पठन पाठनमा परेको असुविधालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विद्यालयले बताएको छ ।