काठमाडौं – सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्ने क्रममा ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ । उक्त काउन्टरको ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे । बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएचका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ । हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एमबाट सेवा दिँदै आइरहेको जनाइएको छ ।