काठमाडौं – एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रूपमा संचालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर आधुनिक बैकिङ्ग सुविधा प्रदान गर्ने उद्देश्यसहित बैंकले शाखा कार्यालय स्थापना गरेको जनाएको छ । नयाँशाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले गरेका थिए भने कार्यक्रममा डेपुटी गर्भनर र प्रमुखकार्यकारी अधिकृत जीके नेगीले शाखाका पुरानातथावफादार ग्राहकहरूलाई संयुक्त रूपमा सम्मानित गरेका छन् । चेक डिपोजीट, यूटिलिटी बिलभुक्तानी र एटीएम जस्ता आधुनिक बैंकिङ्ग सुविधाहरू र ई–लबीमार्फत ग्राहकहरूलाई सहज बैंकिङ्ग सेवाप्रदानगर्न यो शाखालाई डिजाइन गरिएको छ । समारोहमा डा. सन्धिर कुमार, डीजीएमलगायतको उपस्थित थियो ।