काठमाडौं– नेपाल टेलिकमले लार्ज डाटा प्याक सेवा सञ्चालनमा ल्याएको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रूपमा निकै सस्तो रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रूपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रूपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्ने कम्पनीले जनाएको छ ।