काठमाडौं - चालु आर्थिक वर्षको सात महिनामा भन्डै ९ खर्ब माथिको आयात भएकाे छ ।चालु आर्थिक वर्षको सात महिनामा विभिन्न भन्सार नाकाबाट ८ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख रुपैयाँको आयात भएको हाे । गत आवको यस अवधिको तुलनामा २.३ प्रतिशतले कम आयात भएको हो ।
गत आवको यसै अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु भित्राइएको थियो । यस अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मात्रै ८० अर्ब ३९ करोड ५७ लाख रुपैयाँको विभिन्न वस्तु भित्राइएको छ ।
त्यस्तै भैरवह भन्सार १ खर्ब ३८ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ, विरटनगर भन्सार विभागबाट ९७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ, बिरगन्ज भन्सार नाकाबाट ३ अर्ब ५ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ, रसुवा नाकाबाट ३२ अर्ब ५६ करोड ५० लाख रुपैयाँ र तातो पानी नाकाबाट १९ अर्ब ८५ करोड ५९ लाख रुपैयाँको विभिन्न वस्तु भित्राइएको सार्वजनिक तथ्याकंमा उल्लेख छ ।
यो अवधिमा दैनिक सबैको भान्छामा प्रयोग हुने नुन १ अर्ब ४१ करोड ११ लाख रुपैयाँको आयात भएको सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ । गत आवको समीक्षा अवधिमा छिमेकी राष्ट्र भारतबाट एक अर्ब ५४ करोड १४ लाख रुपैयाँको नुन आयात गरेको थियो ।
यो सात महिनामा भारतबाट नेपालमा १३ अर्ब १ करोड १८ लाख रुपैयाँको चामल भित्रिएको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा इन्डीयाबाट चामाल २३ अर्ब ४६ करोड २८ रुपैयाँको भित्राएको थियो ।
नेपालमा यो सता महिनामा इन्डीयाबाट चिया मात्रै एक करोड २२ लाख रुपैयाँको भित्राएको छ । गत आर्थिक वर्षको यसै अवधिमा भारतबाट चिया ६ करोड ७६ लाख रुपैयाँको भित्रिएको थियो । गत आवको समीक्षा अवधिको तुलनामा चिया यो अवधिमा ५ करोड ५ लाख रुपैयाँले कम आयत भएको छ ।
अन्य खाद्ययपदार्थ सँगै ठुला–ठुला होटल देखि सबैको भान्सामा देनिक रुपमा प्रयोग चिनी आर्थिक वर्षको सात महिनामा ३ करोड ४३ लाख रुपैयाँको भित्रिएको छ । भारतबाट गत आवको यसै अवधिमा चिनी १ करोड २० लाख रुपैयाँको भित्राएको थियो । गत आवको समीक्षा अधिको तुलनामा यस अधिमा चिनी २ करोड २२ लाख रुपैयाँले बढि आयात गरिएको तथ्याकंले जनाएकाे छ ।
त्यस्तै चालु आवको यस अवधिमा भारतबाट ८ अर्ब २१ करोड ६३ लाख रुपैयाँको तरकारी भित्रिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्डीयाबाट १० अर्ब ८५ करोड १० लाख रुपैयाँको तरकारी भित्राएको थियो । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासदेखि सात महिनासम्म तथ्याकं हेर्ने हाे भने भारतबाट ११ अर्ब ४४ करोड ५ लाख रुपैयाँको तरकारी भित्राएको थियो ।
वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधानतथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतकावस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको नेपाल राष्ट्र बैंकले जनाएकाे हाे ।