काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । कार्ड बाहक ग्राहक महानुभावहरूले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पीओएस तथा इ–कमर्श कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाइने जनाइएको छ । उक्त योजनाअन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा रु. २५० नगद फिर्ता पाइने र कम्तीमा २ वटा इ–कमर्श कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउन सकिने बैंकले जानकारी गराएको छ ।