काठमाडाैं - आर्थिक वर्ष २०८०/८१ को सात महिनामा विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएकाे छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई रु.८३९ अर्ब पुगेको हाे ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।