काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सह–सचिव गोविन्दप्रसाद रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । नवनियुक्त मन्त्री अर्यालले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि रोजगार व्यवस्थापन महाशाखा प्रमुख रहेका सह–सचिव राजिव पोखरेलले प्रवक्ताको जिम्मेवारी पाएका थिए । निवर्तमान श्रममन्त्री भण्डारीले तत्कालीन प्रवक्ता डण्डुराज घिमिरेलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर पठाएपछि पोखरेललाई प्रवक्ता बनाएका थिए ।
मन्त्रालयमा मन्त्री परिवर्तन भएसँगै प्रवक्ता पनि परिवर्तन भएको बताइएको छ ।