धनगढी– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नं. प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीहरूको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा÷उपशाखामा कार्यरत २० जनाभन्दा बढी कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरेको छ । गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन–कुन हुन्, नियन्त्रणका प्रकृयाहरू के के हुन्, रिपोर्टिङ कसरी गर्ने,दण्ड जरीवाना कति छ आदी विषयमा विस्तृत जानकारी दिइयो । कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति थियो ।