विराटनगर– उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु भएको छ । भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घटनास्थलमा रहेका स्थानीयका अनुसार ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।