नेपालगन्ज । मंसिर १५ ।
बासले संस्थागत रणनैतिक योजना तर्जुमा गोष्ठी आज नेपालगन्जमा सम्पन्न गरेको छ ।
यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तरगत सो कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा संस्थाको पञ्चबर्षिय योजना तर्जुमाको प्रारम्भीक मस्यौदा माथि छलफल गरिएको छ । कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, कानुनी सल्लाहकार लोक बहादुर शाह, युएनडिपी नेपालगन्जमा सामाजिक सदभाव परियोजना संयोजक सतिश पाण्डे, जिल्ला युवा क्लब संजालका अध्यक्ष आषिश बर्मा, नियोक प्रदेश नं. ५ का सदस्य सचिब राम सोहन लगायतले राणनैतीक योजनाका बारेमा सल्लाह सुझाव सहितको धारणा राखेका थिए । गोष्ठीमा रणनैतीक योजनाका बिषयमा सोट बिष्लेषण गरिएको थियो । बासका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिब छबीलाल सुनारले स्वागत तथा कार्यक्रमको उद्धेयमाथि प्रकाश पारेका थिए । बासका उप निर्देशक हेमराज भट्टले संचालन गरेको कार्यक्रमको सहजिकरण बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । गोष्ठीमा बासका पदाधिकारीहरु, स्वमसेवकहरु, सदस्यहरु र सरोकारवालाहरु गरी ४० जनाको सहभागिता रहेको थियो । गोष्ठीको अन्त्यमा पञ्चबर्षिय रणनैतिक योजनाको मस्यौदा तयार गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४ ११:०२