काठमाडाैं - प्रधान सेनापति र मंगोलियाका महामहिम राजदूतबीच भेटघाट भएकाे छ। शुक्रबार प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मंगोलियाका गैर आवासीय महामहिम राजदूत Mr.Ganbold Dambajav बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हाे।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा आपसी चासोका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएकाे जनाएकाे छ ।