काठमाडाैं - भारतमा सञ्चालन हुन लागेकाे बाँदर बन्ध्याकरण कार्यक्रममा आज सहभागीहरुलाई बिदाई गरिएकाे छ ।
बाँदर आतंक नियन्त्रणका लागि भारतको हिमाञ्चल प्रदेशमा संञ्चालन हुने बाँदर बन्ध्याकरण कार्यक्रम अन्तरगत नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, नेपाल स्थित भारतीय राजदुताबास तथा भारत सरकारको सहकार्यमा तालिममा सहभागी हुन डा. आरजु राणा देउवाले बिदाई गरेकी छन् ।
यहि मिति २०८०/१२/०४ देखि २०८०/१२/११ सम्म संचालन हुने तालिममा सहभागि हुन नेपालबाट १० जना पशु चिकित्सकहरु र ५ जना वन रेञ्जरहरु लाई तालिममा सहभागि हुन बिदाई गरिएको हाे।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र बन तथा वातावरण मन्त्रालयबाट सिफारिस भई तालिममा हुन लाग्नुभएका सहभागिहरु:
पशु चिकित्सक
१. डा.मनोज कुमार महतो
२. डा. रज्जित कुमार अधिकारी
३. डा. बब्लु ठाकुर
४. डा. अनन्त कोइराला
५. डा. हरिनारायण प्रसाद थारु
६. डा. भिम प्रसाद तिमिल्सिना
७. डा. बिनोद बहादुर कठायत
८. डा. सुलेश्वर मण्डल
९. डा. विशाल चन्द
१०. डा. विकास गिरि
रेन्जर
१. डा. चन्द्रकला राना
२. श्री अक्षय चौधरी
३. श्री पुरनदेव मिश्र
४. श्री दिपक बहादुर कुमार चन्द
५. श्री खिम राज ओली