काठमाडौं– प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल (पिफान)ले बृहत् वनभोज कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले आगामी गत शुक्रबार चोभारस्थित आदिनाथ सामुदायिक वन उपभोक्ता समूह कीर्तिपुरमा बृहत् वनभोज कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे, निर्देशक लोकनाथ भुसाल, अर्का निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुषाललगायत अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
त्यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, महासचिव मेघनाथ भुर्तेलसहितका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, पूर्वअध्यक्षहरु एवं व्यवसायीहरुका विभिन्न जातीय, भेगिए र घटक संस्थाका प्रतिनिधिहरु, संघका कानुनी सल्लाहकारहलगायतको सहभागिता रहेको थियो ।
वनभोज कार्यक्रमलाई थप आकर्षक वनाउन हास्यकलाकारहरु मनोज गजुरेल, सुवोध गौतम, दिपेन्द्र प्रसाई, लोक दोहोरी गायक बद्री पंगेनी, गायीक चन्दा अर्याल र नायिकाहरु जुना कार्की र पवित्रा काफ्लेलगायतका कलाकारहरुले सांगितिक एवं मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
वनभोज कार्यक्रममार्फत वैदेशिक रोजगार क्षेत्रलाई व्यवसायीमाझ साझा थलोको रुपमा विकास गर्न प्रगतिशील मञ्च सफल भएको संघका अध्यक्ष भण्डारीले बताए । उनले यस्ता कार्यक्रमले सम्पुर्ण ब्यावसायीहरुमा सुमधुर सम्बन्ध स्थापना गर्न महŒवपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
वैदेशिक रोजगार व्यवसायी सदस्यहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउन र आत्मीयता बढाउन वनभोज कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष जनक रावलले बताए । ‘व्यवसायीबीच आपसी एकता तथा भाइचाराको सम्बन्ध र भावना बलियो वनाउने विश्वासका साथ गत वर्षदेखि वनभोज कार्यक्रम आयोजना गर्न थालिएको हो,’ उनले भने ।