चितवन -नारायणी पुलबाट हाम फालेकी एक महिलाको अचेत अवस्थामा उद्धार तथा किशोरको शव फेला पारेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चैत्र ४ गते अचेत अवस्थामा उद्धार गरिएको छ ।
हामफालेको केही बेरमै उनलाई नं. १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको छ ।
त्यस्तै सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीले चैत्र ४ गते फेला पारेको छ ।
सोही स्थानमा डेरा गरी बस्ने १८ वर्षिय अम्बिराज राई नुहाउने क्रममा उक्त नहरमा डुबेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस दुहवीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारेको हो ।